ADD FOR WEBSIDE ADD FOR WEBSIDE

रोहित शर्मा र विराट कोहलीले लिए सन्यास 

आइतबार, असार १६, २०८१

एजेन्सी : भारतीय टोलीका कप्तान रोहित शर्मा र विराट कोहलीले सन्यास लिएका छन् ।

१७ वर्षपछि भारतलाई विश्वकपको उपाधि दिलाएसंगै शर्मा र कोहलीले टी–२० अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् । खेलपछि आयोजित पत्रकार सम्मेलनमा शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताएका हुन् । उनले भने, “यो मेरो अन्तिम खेल पनि थियो ।

भारतलाई विश्वकप जिताउन चाहन्थेँ।“ जितियो पनि । यद्यपि शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट भने खेल्ने बताएका छन् । राृहित अघि नै  कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए ।“यो मेरो अन्तिम टी–२० विश्वकप थियो उनले भने  हामीले हासिल गर्न चाहेको यही हो ।“
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०६:३३
प्रतिक्रिया दिनुहोस्