ADD FOR WEBSIDE ADD FOR WEBSIDE
युरोकप :

युरोकप फुटबलमा आज दुई खेल 

आइतबार, असार १६, २०८१

एजेन्सी : युरोकप फुटबलमा आईतवार दुई खेलहरु हुने भएका छन् ।

जर्मनीको भेल्टिन्स एरिनामा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुने पहिलो खेलमा इङ्ल्यान्ड र स्लोभाकियाबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि दावेदारको रुपमा हेरिएको इङ्ल्यान्डले आफ्नो स्वभाविक लय भने समात्न सकेको छैन । समूह ‘सी’ को इङ्ल्यान्ड एक जित र दुई बराबरी सहित पाँच अंक जोडेर शीर्ष स्थामा छ ।

चार अंक जोडेको स्लोभाकिया समूह ‘इ’ को तेस्रो स्थानमा छ  । आजै राती पौने १ बजे हुने अर्को खेलमा स्पेन र जर्जियाबीच प्रतिस्पर्धा हुँदैछ । समुह ‘बी’ मा रहेको स्पेन ३ ओटै खेल जित्दै ९ अंक सहित समुहको शिर्ष स्थानमा छ ।

समुह ‘एफ’ मा रहेको जर्जियाले खेलेका ३ खेलमा एकमा जित,एकमा हार र एकमा बराबरी गर्दै ४ अंक सहित समुहको तेस्रो स्थानमा छ ।
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्