ADD FOR WEBSIDE ADD FOR WEBSIDE

छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न 

आइतबार, असार १६, २०८१

काठमाडौँ : पोखरामा सम्पन्न छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगितामा पुरुष विधातर्फको खुला तौल समूहमा अनमोल मल्ल प्रथम भएका छन् ।

खुला तौल समूहमै मनिष पुलामी मगर दोस्रो तथा रोशन परियार र आर्यन पाण्डे तेस्रो भएका छन् । ।६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बू दोस्रो, अप्सन परियार र अरुण लिम्बू तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव शाह ठकुरी प्रथम, आशिष लोकेन्द्री दोस्रो र शक्ति तामाङ र प्रयुश राई तेस्रो भए ।

५० केजीतर्फ रिवाज थापा प्रथम, अंकित सुनार दोस्रो, जेम्स बिक र रोहन क्षेत्री तेस्रो भए । प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो ।

महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको हो । 
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्