ADD FOR WEBSIDE ADD FOR WEBSIDE

रविन्द्र जडेजाले पनि लिए सन्यास

आइतबार, असार १६, २०८१

एजेन्सी : विराट कोहली र रोहित शर्मापछि भारतीय अलराउन्डर रविन्द्र जडेजाले पनि टी–२० फर्म्याटबाट सन्नयासको घोषणा गरेका छन् ।

शनिबार दक्षिण अफ्रिकालाई हराउँदै भारतीय टोलीले टी–२० विश्वकपको उपाधि जितपछि विराट कोहली र रोहित शर्माले टी–२० फर्म्याटबाट सन्यासको घोषणा थिए । जडेजालेपनि सन्यास लिएसंगै भारतीय शिर्ष तीन खेलाडीलाई अब टी–२० अन्तराष्ट्रिय खेलमा देख्न पाईने छैन । जडेजाले एकदिवसीय र टेस्ट क्रिकेट भने खेल्नेछन् ।

जडेजाले टी–२० विश्वकप ट्रफीसहितको इन्स्टाग्राममा पोस्ट गर्दै लेखेका छन् । हार्दिक आभार सहित, म टी–२० अन्तरराष्ट्रिय क्रिकेटबाट बिदा लिदैँछु ।गर्वका साथ दौडिरहेको घोडा जस्तै मैले मेरो देशको लागि सधैं शतप्रतिशत दिएँ र दिनेछु । टी–२० विश्वकप जित्नुनै सपना साकार हुनु हो उनले लेखेका छन् । सम्झना, उत्साह र अटल समर्थनको लागि सबैलाई धन्यवाद । जय हिन्द ।
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्