ADD FOR WEBSIDE ADD FOR WEBSIDE
युरोकप फुटबल :

जर्जियालाई हराउँदै स्पेन क्वाटरफाईनलमा

सेमिफाईनल पुग्न जर्मनीसंग खेल्ने
सोमबार, असार १७, २०८१

एजेन्सी : जर्जियाविरुद्ध ४–१ को फराकिलो जित निकाल्दै स्पेन युरोकप फुटबलको क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

जर्मनीको कोल्नमा भएको खेलमा आत्मघाती गोलबाट पछि परेको स्पेनले खेलको अन्त्यसम्ममा पुनरागमन जित दर्ता गर्दै क्वाटर फाईनलमा स्थान पक्का गरेको हो । १८ औं मिनेटमा जर्जियाको काउन्टर अट्याकमा आएको क्रस क्लियर गर्न खोज्दा रोबिन ले नोर्मान्डले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगेका थिए ।  

सुरुआती आत्मघाती गोल गरे बाटपछि परेपनि पहिलो हाफमा रोड्रिले बराबरी फर्काए । खेलको ५१ औँ मिनेटमा स्पेनकालागि फाबियन रुइज, ७५ औँ मिनेटमा निको विलियम्स र ८३ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई जित दिलाए । क्वार्टरफाइनलमा अब लुइस डे ला फुएन्टेको टोलीले शुक्रबार जर्मनीसँग स्टटगार्टमा खेल्नेछ । 
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्