ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

विश्वकपको टिम अफ टुर्नामेन्टमा भारतका ६ खेलाडी छनौट

भारतपछि अफगानिस्तान दोस्रोमा
सोमबार, असार १७, २०८१

एजेन्सी : टी–२० विश्वकपको टिम अफ टुर्नामेन्टमा भारतका ६ जना खेलाडी छनोट भएका छन् ।अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले पुरुष टी–२० विश्वकप २०२४ का लागि घोषणा गरेको टिम अफ द टुर्नामेन्टमा १२ खेलाडीमध्ये भारतका मात्रै ६ जना खेलाडी परेका हुन् । 
यी हुन टिम अफ टुर्नामेन्टमा छनौट भएका खेलाडीहरु :
रोहित शर्मा :
यस प्रतियोगिताको टिम अफ द टुर्नामेन्टको नेतृत्व भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले गरेका छन् । टी–२० आईबाट बिदा हुनुअघि उनको कप्तानीमा भारतले उपाधि उचालेको थियो । विश्वकपभर उनको प्रदर्शन दमदार रह्यो । उनी प्रतियोगितामा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी समेत बने । आठ खेलमा तीन अर्धशतकको साथ, रोहितले उत्कृष्ट स्ट्राइक–रेट कायम राख्दै उत्कृष्ठ प्रदर्शन गरे । 
रहमानउल्लाह गुरबाज : 
अफगानिस्तानका रहमानुल्लाह गुरबाजलआईसीसीको टिम अफ टुर्नामेन्टमा पर्ने भाग्यमानी खेलाडी हुन् । विश्वपमा सवैभन्दा धेरै २८१ रन उनैले बनाएका थिए । अफगानिस्तानलाई सेमिफाइनलमा पु¥याउन उनको योगदान महत्वपूर्ण थियो । गुरबाजले युगान्डा (७६), न्युजिल्याण्ड (८०), अष्ट्रेलिया (६०) र बंगलादेश (४३) विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ३ अर्धसतक हानेका थिए ।
निकोलस पूरन :
वेष्टईण्डिजका निकोलस पूरन विश्वकपमा आफ्नो उच्च जोखिमपूर्ण ब्याटिङको बावजुद छैटौं सर्वाधिक रन बनाउने खेलाडी बने । उनले यो विश्वकपमा २२८ रन बनाएका थिए । अफगानिस्तानविरुद्ध उनले बिस्फोटक ब्याटिङ गर्दै  ९८ रनको पारी खेलेका थिए ।


टी–२० विश्वकपको टिम अफ टुर्नामेन्टमा भारतका कप्तान रोहित शर्मासंगै सुर्यकुमार यादव,हार्दिक पाण्ड्या,अक्षर पटेल,जसप्रित बुमराह र अर्शदिप सिं सहित ६ जना रहेका छन् । यस्तै भारपति सबैभन्दा धेरै अफगानिस्तानका ३ खेलाडी परेका छन् । अफगानिस्तानका फजलहक फारुकी, राशिद खान, रहमानुल्लाह गुरबाज छन् । 


अष्ट्रेलियाका मार्कस स्टोइनिस, दक्षिण अफ्रिकाका अनरिच नोचा, र वेष्टईण्डिजका निकोलस पूरन टी–२० विश्वकपको टिम अफ टुर्नामेन्टमा परेका छन् ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्