HAPPY NEW YERA HAPPY NEW YERA

आशिफ शेख  विश्वकपमा सर्वाधिक रन बनाउने सुचीको ७२ औँ स्थानमा 

सोमबार, असार १७, २०८१

काठमाडौँ : नेपालका ओपनर ब्याट्सम्यान तथा विकेट किपर आशिफ शेख टी–२० विश्वकप क्रिकेट २०२४ मा सर्वाधिक रन बनाउने खेलाडीको सुचीको ७२ औँ स्थानमा परेका छन् ।

विश्वकपमा ६३ रन बनाएका शेख ७२ औँ स्थानमा रहेका छन् । नेपालका कुशल मल्लले ३७ रन जोड्दै सुचीको ९७ औँ स्थानमा रहेका छन् ।३६ रनका साथ कप्तान रोहित पौडेल ९८ तथा  ३२ रनका साथ दिपेन्द्र सिं ऐरी १०९ औँ स्थानमा रहेका छन् । २४ रन जोडेका कुशल भुर्तेल १२६ औँ स्थानमा रहेका छन् ।

२० रन सहित गुल्शन झा १४१ तथा १७ रन सहित करण केसी १४९ औँ स्थानमा छन् । सर्वाधिक रन बनाउने सुचीको पहिलो नम्बरमा  अफगानिस्तानका रहमानउल्लाह गुरबाज छन् । उनले २८१ रन बनाएका छन् ।

दोस्रो नम्बरमा २५७ रन सहित भारतीय कप्तान राहित शर्मा छन् । तेस्रो स्थानमा अष्ट्रेलियाका ट्राभिस माइकल हेड छन् । उनले २५५ रन बनाएका छन् ।

२४३ रन सहित दक्षिण अफ्रिकाका क्वीन टन डे कक चौथो तथा २३१ रन सहित अफगानिस्तानका ईब्राहिम जाद्रान पाँचौ नम्बरमा छन् । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्