ADD FOR WEBSIDE ADD FOR WEBSIDE
युराेकप :

आत्मघाती गाेल उपहारले फ्रान्स युरो कपकाे क्वाटरफाइनलमा

मंगलबार, असार १८, २०८१

एजेन्सी : आत्मघाती गाेल उपहार पाएसङ्गै  फ्रान्स युरो कप फुटवलकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

साेमवार राति डसेलडोर्फमा भएको प्रिक्वाटरफाइनलमा वेल्जियमविरुद्ध १-० काे जित निकाल्दै फ्रान्सले क्वाटरफाइनलमा स्थान सुरक्षीत गरेकाे हाे । फ्रान्सले खेलकाे ८५ औं मिनेटमा आत्मघाती गाेल उपहार पायाे ।


रान्डाल कोलो मुआनीको प्रहार बेल्जियम डिफेन्डर यान भर्टङगनलाई लागेर गोलमा परिणत भएको थियो । सोही गोलको मद्दतले फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
फ्रान्सले अब क्वाटरफाइनलमा पोर्चुगल र स्लोभेनिया बीचको विजेता विरुद्ध खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ००:१६
प्रतिक्रिया दिनुहोस्