ADD FOR WEBSIDE ADD FOR WEBSIDE

ईङ्लिस प्रिमियर लिग :एभर्टन र लुटन भिड्दै 

शुक्रबार, वैशाख २१, २०८१

काठमाण्डौःईङ्लिस प्रिमियर लिग फुटबलमा शुक्रबार एक खेल मात्रै हुने भएको छ । इङ्गल्याण्डको लुटनमा रहेको केनिलवर्थ रोड स्टेडियममा राती पौने १ बजे हुने खेलमा एभर्टन र लुटन टाउनबीच प्रतिस्पर्धा हुन लागेको हो ।

३५ खेल मध्ये ६ खेलमा जित र ७ खेलमा हार ब्यहोर्दै १८ औँ स्थानमा रहेको लुटन शुक्रबार जित निकाल्दै १७ औँ स्थानमा उक्लने योजनामा छ । १५ औँ स्थानको लुटनले आज जित निकालेपनि अंक तालिकामा भने कुनै सुधार हुने छैन ।

जारी लिगमा ८० अंक सहित आर्सनल शिर्ष स्थानमा छ । ७९ अंकको म्याचेस्टर सीटी दोस्रो तथा ७५ अंकको लिभरपुल तेस्रो स्थानमा छ ।


 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्