ADD FOR WEBSIDE ADD FOR WEBSIDE
युरोकप :

पोर्चुगल युरोकपको क्वाटरफाइनलमा

मंगलबार, असार १८, २०८१

एजेन्सी :स्लोभेनियालाई हराउँदै पोर्चुगल युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमवार राती भएको खेलमा स्लोभेनियालाई ३–० गोलले पराजित गर्दै पोर्चुगल अन्तिम आठमा पुगेको हो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म धकेलिएको थियो ।

त्यसपछि निर्धारित र अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पोर्चुगलका गोलरक्षक डिओगो कोस्टा नायक बने ।

टाइब्रेकरमा उनले ३ पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्