ADD FOR WEBSIDE ADD FOR WEBSIDE

असार ३० बाट यु–१८ युथ लिग फुटबल हुने 

मंगलबार, असार १८, २०८१

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले यहि असार ३० गतेबाट यु–१८ युथ लिग फुटबलको आयोजना गर्ने भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगितामा गत संस्करण ‘ए’ डिभिजन खेलेका १२ टोलीको सहभागिता रहने एन्फाले जनाएको छ । प्रतियोगितामा चर्च ब्वाइज ,खुमलटार, जावलाखेल ,मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस ,न्युरोड, एपिएफ ,संकटा, सातदोबाटो, थ्रीस्टार क्लब र त्रिभुवन आर्मीले सहभागिता जनाउँदा फ्रेन्ड्स र हिमालयन शेर्पाले भने प्रतियोगितामा सहभागिता नजनाउने भएका छन् ।

एन्फाले लिगको खेल तालिका चाँडै नै सार्वजनिक गर्ने जनाएको छ । प्रतियोगिताहरु डबल राउन्ड रोबिनका आधारमा हुनेछ ।
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्