ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारतविरुद्धको टी–२० सिरिजका लागि जिम्बावेको टोली घोषणा

मंगलबार, असार १८, २०८१

एजेन्सी : भारतविरुद्धको टी–२० सिरिजका लागि जिम्बावेले रजा सिकन्दरको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको छ । विश्वको उपाधि जितेपछि पहिलो पटक भारतले जिम्बावेसँग पाँच खेलको टी–२० सिरिज खेल्न लागेको हो । सिरिज यहि जुलाई ६ देखि जिम्बावेमा हुँदैछ । यसका लागि दुवै टोलीले आ–आफ्नो टोली घोषणा गरेका छन् ।

जिम्बावेको टोलीमा रजा सिकन्दर (कप्तान), अकरम फराज, बेनेट ब्रायन, क्याम्पबेल जोनाथन, चतारा टेन्डाई, जोंगवे लुक, काइया इनोसेन्ट, माडेन्डे क्लाइभ, मधेवेरे वेस्ली, मारुमनी तादिवानाशे, मसाकाद्जा वेलिंग्टन, मावुता ब्रान्डन, मुजरबानी ब्लेसिंग, मायर्स नगर्भ रिचार्डुम शुम्बा मिल्टन रहेका छन् । जसमध्ये जिम्बावे टोलीका एक खेलाडीको निकै चर्चा भइरहेको छ । उनी हुन् अन्तुम नकवी ।  जिम्बावेबाट खेल्न लागेका उनी त्यहि देशका नागकरिक भने हैनन् । 
को हुन् अन्तुम नकवी ?
अन्तुम नकवी जिम्बावेका आशलाग्दा खेलाडी हुन् । २५ वर्षीय यी ब्याट्सम्यान उत्कृष्ट लयमा छन् । यस वर्षको सुरुमा जिम्बाब्वेका लागि खेल्दै उनले पहिलो ट्रिपल सेन्चुरी बनाउने कीर्तिमान बनाएका थिए । उनको जन्म ब्रसेल्समा भएको थियो ।  पाकिस्तानी आमाबुवाको घरमा जन्मिएका उनी पछि उनी अष्ट्रेलिया गए । तर उनले अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेको प्रतिनिधित्व गर्ने इच्छा व्यक्त गर्दै नागरिकताका लागि आवेदन दिए । त्यसपछि मात्रै उनले टोलीमा आउने मौका पाएका थिए । घरेलु क्रिकेटमा मिड वेस्ट राइनोजबाट खेल्ने नक्वीको टी–२० ढाँचामा उत्कृष्ट स्ट्राइक रेट १४६.८० छ । प्रथम श्रेणी क्रिकेटमा उनको औसत ७२.०० र लिस्ट ए क्रिकेटमा ७३.४२ रहेको छ । उनी नकवी मिड वेस्ट राइनोजका कप्तान पनि हुन् । 
यस्तो छ खेल तालिका :
भारत र जिम्बावेबीचको पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेल जुलाई ६ मा हुनेछ । दोस्रो टी–२० खेल ७ जुलाई, तेस्रो खेल १० जुलाई, चौथो खेल १३ जुलाई र पाँचौं खेल १४ जुलाईमा हुनेछ । यी सबै खेलहरू भारतीय समय अनुसार दिउँसो ४ः३० बजे सुरु हुनेछन् । प्रतियोगिता  जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछन् । 
भारतीय टोली :
जिम्बाब्वे भ्रमणमा भारतको कप्तानी शुभमन गिलले सम्हाल्नेछन् । यशस्वी जैसवाल, रुतुराज गायकवाड, अभिषेक शर्मा, रिंकु सिंह, सञ्जु सैमसन (विकेटकीपर), ध्रुव जुरेल (विकेटकीपर), शिवम दुबे, रायन पराग, वाशिंगटन सुन्दर, रवि बिश्नोई, अविनाश। खान, खलील अहमद, मुकेश कुमार र तुषार देशपांडे ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्