ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सन्दीप लामिछाने "ए" ग्रेडमा, मासिक तलब १ लाख रुपैयाँ

शुक्रबार, असार २१, २०८१

काठमाडौँ : सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको "ए" ग्रेडमा समावेश भएका छन् ।

नेपाल क्रिकेटसंघ क्यानको शुक्रवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई "ए" ग्रेडमा राख्ने निर्णय गरेको हो ।

क्यानका अनुसार उनको केन्द्रीय सम्झौता जुलाई १ देखि डिसेम्बर ३१ सम्म कायम रहने छ । लामिछानेसंगै अब "ए" ग्रेडमा समेटिने राष्ट्रिय खेलाडीको संख्या ७ पुगेको छ ।

यसअघि "ए" ग्रेडमा कप्तान रोहित पौडेल,सोमपाल कामी,करण केसी,दिपेन्द्र सिं ऐरी,आशिफ शेफ र कुशल भुर्तेल समावेश भईसकेका छन् । अब सन्दीपले पनि अन्य "ए" ग्रेडका खेलाडीहरु सरह १ लाख रुपैयाँ मासिक तलब पाउनेछन् । कार्यसमितिको बैठकले टी -२० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा उनलाई वधाई समेत दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्