ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एसियाकपको मुखैमा अप्सरी बेगम निलम्बित

शुक्रबार, असार २१, २०८१

काठमाडौँ : नेपाली महिला राष्ट्रिय क्रिकेट टीमकी खेलाडी अप्सरी बेगम निलम्बनमा परेकी छन् ।

यहि जुलाई १९ देखि २८ सम्म श्रीलंकामा संचालन हुन लागेको एसिया कप टी-२० क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हाल काठमाण्डौमा संचालन भईरहेको बन्द प्रशिक्षणका क्रममा आचारसंहिता उल्लंघन गरेको तथा शिविरमा  व्यवस्थापक र  प्रशिक्षक माथी अभद्र व्यवहार गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

उनीमाथि थप छानविन गरी आवश्यक निर्णय गर्न अनुशासन समितीलाई क्यानले निर्देशन समेत दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्