ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल एपीएफ क्लवका राष्ट्रिय क्रिकेट खेलाडीको विदाई

शुक्रबार, असार २१, २०८१

काठमाडौँ : महिला एसिया कप क्रिकेटमा सहभागी हुन जाने महिला क्रिकेट टोलीलाई नेपाल एपीएफ क्लवले बिदाई गरेको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय स्वयम्भु हलचोकमा  शुक्रवार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले  नेपाल एपीएफ क्लवका राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शनको शुभकानासहित विदाई गरेका हुन् ।

विदाई हुने खेलाडीहरुमा सिता राना मगर, राजमती ऐरी, ईन्दु बर्मा, रोमा थापा र ममता चौधरी रहेका छन् ।

Apf-1720184430.jpg

कार्यक्रममा महानिरीक्षक अर्यालले खेलाडीहरुलाई खेल मैदानमा उत्रिदा जित्छु र गर्न सक्छु भन्ने भावनाकासाथ उत्कृष्ट प्रदर्शन गर्न सकियो भने राष्ट्रको नाम उचाईमा पुर्याउन सकिने बताए ।  प्रतियोगिता यही साउन ४ देखि १३ गतेसम्म श्रीलंकामा संचालन हुने छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्