ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दक्षिण अफ्रिकासंग भारत पराजित

शनिबार, असार २२, २०८१

एजेन्सी : भारतविरुद्धको महिला टी–२० सिरिजमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा भारत पाहुनाटोली दक्षिण अफ्रिकासंग १२ रनले पराजित भएको हो । जितकालागि १९० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७७ रन मात्र बनाउन सक्यो ।

उसकालागि जेमिमाह रोड्रिग्जले अर्धसतक प्रहार गर्दै सर्वाधिक ५३ रनको योगदान गरिन् । स्मृति मानधानेल ४६ तथा शेफाली वर्माले १८ रन जोडिन् ।

त्यसअघि एमए चितम्वरम स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १८९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि ताज्मिन ब्रिट्सले ५६ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ८१ रन जोडिन् । मारिज्ने क्यापले ५७ रन बनाईन् ।

तीन खेलको श्रृखंलामा भारत १-० ले पछि परेको छ । 
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्