ADD FOR WEBSIDE ADD FOR WEBSIDE
एसिया कप :

एसियाकप अघि नेपालले श्रीलंकासंग खेल्ने 

शनिबार, असार २२, २०८१

काठमाडौँ  : नेपाली महिला क्रिकेट टोलीले श्रीलंकासंग दुई ओटा अभ्यास खेल खेल्ने भएको छ ।

एसिया कप आउनै लाग्दा त्यसअघि श्रीलंकाले अभ्यास खेलकालागि नेपाललाई श्रीलंका बोलाएको नेपाल क्रिकेटसंघ क्यानले जनाएको छ । नेपालले यहि जुलाई ९ र १० गते दुई ओटा अभ्यास खेल खेल्ने तालिका छ ।

आगामी जुलाई १९ तारिखबाट २८ तारिख सम्म श्रीलंकामा हुने एसिया कपमा ८ राष्ट्रले सहभागि जनाउने छन् ।

एसिया कपमा नेपालसहित भारत, पाकिस्तान ,युएई ,बंगलादेश ,श्रीलंका, मलेसिया र थाईल्याण्ड सहित ८ टोली सहभागी छन् । नेपाल रहेको समुह “ए“ मा भारत,पाकिस्तान जस्ता बलिया टोली रहेका छन् । 

नेपाल क्रिकेट संघ (क्यान) एसीसी महिला एसिया कपको तयारीका रूपमा श्रीलंकाको महिला विकास टोलीविरुद्ध खेल्ने अवसर प्रदान गरेकोमा श्रीलंका क्रिकेटलाई धन्यवाद समेत दिएको छ । 


 

 

 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्