ADD FOR WEBSIDE ADD FOR WEBSIDE

खराब लयमा रहेको नेपालको वरियता खस्कियो 

शुक्रबार, वैशाख २१, २०८१

काठमाण्डौःपछिल्लो समय खराब लयमा रहेको नेपाली राष्ट्रिय क्रिकेटको वरियता खस्किएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले शुक्रबार सार्बजनिक गरेको पछिल्लो वरियता अनुसार एकदिवशीय र टि–२० दुबै तर्फ नेपालको वरियता खस्किएको हो ।

टि–२० तर्फ नेपाल एक स्थान तल झरेको छ भने एक दिवशीय तर्फ दुई स्थान तल झरेको छ । टि–२० तर्फ युएईले नेपाललाई उछिनेको छ । यसअघि १६ औँ स्थानमा रहेको नेपालको वरियता एक स्थान खस्कदैँ १७ औँ स्थानमा आईपुग्दा युएई एक स्थान माथि उक्लदैँ वरियताको १६ स्थानमा पुगेको छ ।

नेदरल्याण्ड १५ औँ स्थानमा यथावत छ । एक दिवशीय तर्फ दुई स्थान खस्किएको नेपाल १७ औँ स्थानमा आईपुगेको छ । यसअघि नेपाल १५ औँ स्थानमा थियो ।

टि–२० र एकदिवशीयको दुबै वरियतामा भारत शिर्ष स्थानमा रहँदा टेस्ट तर्फ अष्ट्रेलियाले शिर्ष स्थान कब्जा गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्