ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारत र जिम्बाबेबीचको टी–२० सिरिज आजबाट

शनिबार, असार २२, २०८१

एजेन्सी : भारत र जिम्बाबेबीचको टी–२० सिरिज शनिवारबाट सुरु हुने भएको छ ।

जिम्बाबेको घरेलु मैदान हरारे स्पोर्टस क्लबमा शनिवारबाट सुरु हुने सिरिज ५ दिन सम्म चल्नेछ । टी–२० विश्वकप २०२४ को अन्त्यपछि भारतको जिम्बावेसंग पहिलो द्विपक्षीय टी–२० शृंखला खेल्न लागेको हो । रोहित शर्मा र विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि भारतीय टोलीमा आईपीएल खेलेका धेरै युवा खेलाडी छनोट भएका छन् ।

जिम्बावेविरुद्धको खेलमा शुभमन गिलले कप्तानी सम्हालेछन् । भारतकालागि ओपनिङ ब्याट्सम्यानको रुपमा कप्तान गिलसंगै अभिषेक शर्मा रहने छन् ।

यसअघिका ओपनिङ ब्याटस्म्यान रुतुराज गायकवाडलाई भने तेस्रो नम्बरमा राखिएको छ । यी दुई टोलीबीचको खेल नेपाली सयमअनुसार बेलुकी ४ ४५ बजे सुरु हुनेछ । 
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्