ADD FOR WEBSIDE ADD FOR WEBSIDE

जिम्बावेसंग भारत १३ रनले हार्‍यो

शनिबार, असार २२, २०८१

एजेन्सी : जिम्बावेविरुद्धको पहिलो टी–२० खेलमा भारत पराजित भएको छ ।

शनिवारसाँझ भएको खेलमा भारत जिम्बावेसंग १३ रनले पराजित भएको हो । जितकालागि ११६ रनको लक्ष्य पछ्याएको भारतले १९.५ बलमा सवै विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो । उसकालागि कप्तान सुभमन गिलले सर्वाधिक ३१ रनको योगदान गरे । वासिङ्टन सुन्दरले २७ तथा आवेश खानले १६ रन जोडेपनि टोलीका अन्य ८ ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

त्यसअघि हरारे स्पोर्टस क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको जिम्बावेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । सन् २०२४ मा अहिलेसम्म टी–२० म्याचमा भारतीय टोलीले कुनै पनि पराजय बेहोरेको थिएन ।

टी–२० विश्वकपमा पनि भारत अपराजित रहँदै विश्व च्याम्पियन बनेको थियो । 
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्