ADD FOR WEBSIDE ADD FOR WEBSIDE

जिम्बाबेविरुद्ध भारतले दियो २३५ रनको लक्ष्य 

आइतबार, असार २३, २०८१

एजेन्सी : जिम्बाबेविरुद्धको दोस्रो टी–२० सिरिजमा भारतले जितकालागि २३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्बाबेको घरेलु मैदान हरारे स्पोर्टस क्लबमा टस जितेर सुरुवाती ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २३४ रन बनायो । उसकालागि अभिषेक शर्माले बिस्फोटक ब्याटिङ गर्दै शतकिय पारी खेले ।

४६ बलमा उनले ७ चौका र ८ छक्का प्रहार गर्दै १०० रन पुरा गरेका हुन् । यसअघि उनले ३३ बलमा अर्धशतक जोडेका थिए् । टी–२० अन्तर्राष्ट्रियमा उनको यो पहिलो अर्धशतक हो । रुतुराज गायकवाडले अविजित ७७ तथा रिंकु सिंले ४८ रन जोडे । कप्तान शुभमन गिलले २ रन जोडे ।

भारत आज पहिलो जितको खोजिमा रहँदा घरेलुटोली लगातार दोस्रो जित निकाल्न चाहान्छ । हिजो भएको पहिलो खेलमा भारत जिम्बावेसंग १३ रनले पराजित भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्