ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारतले जिम्बावेलाई १०० रनले हरायो

आइतबार, असार २३, २०८१

एजेन्सी : जिम्बाबेविरुद्धको दोस्रो टी–२० सिरिजमा भारत विजयी भएको छ । केहिबेर अघि सकिएको दोस्रो खेलमा भारतले जिम्बावेलाई १०० रनले हराएको हो । जितकालागि भारतले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बाबेले १८.४ ओभरमा सवै विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो ।

उसकालागि वेस्ली मधेभरेले सर्वाधिक ४३ रनको योगदान गरे । लुक जोंगवेले ३३ तथा ब्रायन बेनेटले २६ रन जोडे ।  त्यसअघि जिम्बाबेको घरेलु मैदान हरारे स्पोर्टस क्लबमा टस जितेर सुरुवाती ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २३४ रन बनाएको थियो । उसकालागि अभिषेक शर्माले बिस्फोटक ब्याटिङ गर्दै शतकिय पारी खेले ।

४६ बलमा उनले ७ चौका र ८ छक्का प्रहार गर्दै १०० रन पुरा गरेका हुन् । यसअघि उनले ३३ बलमा अर्धशतक जोडेका थिए् । टी–२० अन्तर्राष्ट्रियमा उनको यो पहिलो अर्धशतक हो ।

रुतुराज गायकवाडले अविजित ७७ तथा रिंकु सिंले ४८ रन जोडे । कप्तान शुभमन गिलले २ रन जोडे ।

जितसंगै भारतले जिम्बावेसंगको टी–२० सिरिजमा १–१ को बराबरी गरेको छ ।

हिजो भएको पहिलो खेलमा भारत जिम्बावेसंग १३ रनले पराजित भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्