ADD FOR WEBSIDE ADD FOR WEBSIDE

श्रीलंकाबाट नेपालले पायो ११९ रनको लक्ष्य

मंगलबार, असार २५, २०८१

काठमाडौँ : नेपाली महिला क्रिकेट टोलीले जितकालागि ११९ रनको लक्ष्य पाएको छ ।

नवौं संस्करणको एसीसी महिला एसिया कपमा सहभागि हुन श्रीलंका पुगेको नेपाली महिला क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा श्रीलंका डेभलवमेन्ट एघारबाट ु जितकालागि ११९ रनको चुनौति पाएको हो । टस हारेर पहिले ब्याटिङमा थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११८ रन बनायो ।
नवौं संस्करणको एसिया कप अघि नेपालले तीन ओटा अभ्यास खेल खेल्ने छ । एसिया कप  आगामी जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुदैछ । प्रतियोगितामा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया ,थाइल्यान्ड ,नेपाल, भारत, पाकिस्तान र युएईसहित आठ टोलीको सहभागी हुनेछन् ।
सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। 
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्