HAPPY NEW YERA HAPPY NEW YERA

विश्वकप खेल्ने टोलीलाई सन्दीपको विदाई

शुक्रबार, वैशाख २१, २०८१

काठमाडौं: टी–२० बिश्वप क्रिकेट खेल्न जाने नेपाली टोलीको आज बिदाई गरिएको छ।

नेपाल क्रिकेटसंघ क्यानले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै नेपाली टोलीको बिदाई गरेको हो।
टोलीमा नपरेपनि पूर्ब कप्तान सन्दीप लामिछाने बिदाई कार्यक्रममा देखिएका छन्। टोलीलाई जितको शुभकामना दिन उनी बिदाई कार्यक्रममा पुगेका हुन्।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका उनको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाईको टुंगो नलाग्दा विश्वकप खेल्ने टोलीमा उनी अटाएका छैनन्। उनको मुद्धाको सुनुवाई भने पर्सी वैशाख २१ गते आइतबारको लागि तोकिएको छ। 

टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा सुरु हुँदैछ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १९:४२
प्रतिक्रिया दिनुहोस्