सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
एजेन्सी : जिम्बावेबीरुद्धको तेस्रो टी–२० क्रिकेटमा भारत बिजयी भएको छ ।
बुधवार साँझ भएको खेलमा भारतले जिम्बाबेमाथि २३ रनको जित निकालेको हो । जितकालागि भारतले दिएको १८४ रनको लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो ।
उसकालागि डायन मायर्सले सर्वाधिक ६५ रनको योगदान गरे । क्लाइभ मडान्डेले अविजित ३७ ,कप्तान सिकन्दर राजाले १५ तथा तडिवानासे मरुमणिले १३ रन जोडे पनि अन्य खेलाडीले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् ।
त्यसअघि जिम्बावेको हरारे स्पोर्टस् क्लबमा टस जितेर पहिले ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । भारतकालागि कप्तान शुभमन गिलले सर्वाधिक ६६ रनको योगदान गरे ।
रुतुराज गायकवाडले ४९ तथा यशस्वी जैशवालले ३६ रन जोडे । जितसंगै भारतले पाँच खेलको श्रृखंलामा २–१ को अग्रता बनाएको छ । पहिलो खेलमा जिम्बावेले भारतलाई १३ रनले हराएको थियो भने दोस्रो खेलमा भारतले जिम्बावेलाई १०० रनले हराएको थियो ।