ADD FOR WEBSIDE ADD FOR WEBSIDE

साफकाे भेला नेपालमा हुने

बिहीबार, असार २७, २०८१

काठमाडौं :दक्षिण एसियाली फुटबल महासंघ साफ सदस्य मुलुकका फुटबल संघका नेताहरुको भेला काठमाडौंमा हुने भएको छ ।

आगामी साउन ७ र ८ गते काठमाडौंस्थित सोल्टी होटलमा साफ सदस्य राष्ट्रको फुटबल संघका अध्यक्ष र महासचिवको बैठक हुन लागेको एन्फाका महासचिव किरण राईले स्पाेट्स हबलाई जानकारी दिए ।

बैठकमा दक्षिण एसियामा फुटबलको विकास, विस्तार र प्रतियोगिता तथा भावि योजनाबारे छलफल गरिने राईले बताए ।

अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्न लागेको दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगिता साफ यु–२० च्याम्पियनसिप २०२४ र साफ महिला च्याम्पियनसिप २०२४ को पूर्वसन्ध्यामा काठमाडौंमा हुन लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।

यी प्रतियोगिताका बारेमा पनि बैठकमा छलफल हुने महासचिव राइको भनाइ छ । मुख्यतः भावि योजना, कार्यक्रम, मोडालिटि तथा बजेटका बारेमा छलफल हुने राईले जानकारी दिए ।

साफमा नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, भुटान र पाकिस्तान सदस्य छन् । बैठकमा सहभागी हुन ती राष्ट्रका प्रतिनिधि साउन ६ गते साँझ नै काठमाडौं आइपुग्ने तय भएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्