ADD FOR WEBSIDE ADD FOR WEBSIDE

यू–२० च्याम्पियनसिपको खेल तालिका परिवर्तन

पाकिस्तानले नाम फिर्ता लियाे
बिहीबार, असार २७, २०८१

काठमाडौं :साफ यू–२० च्याम्पियनसिपको खेल तालिका परिवर्तन भएको छ ।
 साफ अण्डर ट्वान्टी च्याम्पियनसीप २०२४ बाट पाकिस्तानले आफ्नो नाम फिर्ता लिएपछि आज नयाँ खेल तालिका सार्वजनिक गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
 च्याम्पियनसीपका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अगष्ट १८ देखि २८ सम्म हुनेछ । उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाको सामना गर्ने एन्फाले जनाएको छ । दोस्रो खेलमा भुटान र भारत खेल्नेछन् । 

समूह चरणको दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध खेल्नेछ । समूहका शीर्ष २ टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल अगष्ट २८ तारेखमा हुने छ । 

च्याम्पियनसिपको समुह ए मा नेपाल, बंगलादेश र श्रीलंका छन् भने समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् ।

FB_IMG_1720706396256-1720706487.jpg
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्