ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आइपीएलः

जितका लागि मुम्बईसामु १७० रनको चुनौती

शुक्रबार, वैशाख २१, २०८१

काठमाडौं : इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई  १७० रनको चुनौती दिएको छ । 
वाङ्खेडे स्टेडियम मुम्बइमा टस जितेर मुम्बई इण्डियन्स (एमआइ)ले फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङमा तानिएको कोलकत्ता एक बल बाँकी छदैं अलआउट भयो । उसले १९.५ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १६९ रन जोड्यो ।


कोलकत्ताका वेंकटेश  अय्यरले सर्वाधिक ७० रन जोडे । ५२ बलका सामना गरेका उनले ६ चौका र ३ छक्काको मद्दतमा ७० रन बनाएका छन् । मनिस पाण्डेय ४२ रन जोड्दै क्याच आउट भए । अंकृष्ण रघुवंशीले १३ रनको योगदान गर्दा रिंकु सिंह ९, सुनिल नरेन ८ र आन्द्रे रसेल ७ रन जोड्दै आउट भए । मिचेल स्टार्कले खाता नै खोल्न सकेनन् ।

कोलकत्तालाई सस्तैमा समेट्न नुवान तुषारले सर्वाधिक तीन विकेट लिए । जसप्रित बुमराह र हार्दिक पाण्डेयले समान दुइ/दुई विकेट झारे । पियुस चावलाले एक विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  २१:३५
प्रतिक्रिया दिनुहोस्