ADD FOR WEBSIDE ADD FOR WEBSIDE
पेरिस ओलम्पिक

पेरिस ओलम्पिकको उद्धघाटन पहिलो पटक समुन्द्रमा

थपिए चार खेल
शनिबार, असार २९, २०८१

एजेन्सी : आगामी २६ जुलाईबाट सुरु हुने ३३ औँ ग्रीस्मकालिन पेरिस ओलम्पिकको उद्धघाटन पहिलोपटक समुन्द्रमा आयोजना गरिने भएको छ ।

यसअघि ठूलो मैदान वा रंगशालामा हुने उद्घाटन समारोह पहिलोपटक समुन्द्रमा हुन लागेको हो । सेरी नदीमा हुने उद्धघाटन समारोहमा हजारौं खेलाडीहरू डुङ्गाबाट नदी पार गरेर एफिल टावर तर्फ जाने कार्यक्रम छ ।

पेरिसले यस पटकको ओलम्पिकलाई विशेष बनाउन १० वर्षअघिदेखि नै तयारी थालेको थियो । खेलकुदको सबैभन्दा ठूलो महाकुम्भ सन् १८९६ मा सुरु भएको थियो । 

यस्तो छ पदकको बिषेशता :
पेरिस ओलम्पिक २०२४ को पदकमा धेरै बिषेशता जोडिएको छ । उत्कृष्ट डिजाइनसंगै प्रत्येक पदकमा एफिल टावर पनि कुँदिएको छ । पदकको डिजाइनले फ्रान्सको भावना झल्को दिन्छ ।

प्रत्येक पदकमा एफिल टावरको फलाम पनि जोडिएको छ ।  स्वर्ण पदकको तौल ५२९ ग्राम रहेको छ । रजत पदकको तौल ५२५ ग्राम तथा कास्य पदकको तौल ४५५ ग्राम रहने ओलम्पिक कमिटिले बताएको छ । 

चार खेल थपिए :
पेरिस ओलम्पिकमा चार नयाँ खेल थपिएका छन् । यस पटकको ओलम्पिकमा स्केटबोर्डिङ, सर्फिङ र स्पोर्ट्स क्लाइम्बिङलाई पनि समावेश गरिएको छ  भने ब्रेकडान्सिङ ओलम्पिकमा डेब्यु हुनेछ ।

कराते, बेसबल र सफ्टबल जस्ता खेलहरू टोकियो ओलम्पिकमा समावेश गरिएकाले यसपटक उक्त खेलहरु हटाइएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्