ADD FOR WEBSIDE ADD FOR WEBSIDE

माल्दिभ्समा चम्किदैँ सोमपाल कामी  

शनिबार, असार २९, २०८१

माले : माल्दिभ्स टी–२० प्रिमियर लिग क्रिकेटमा सोमपाल कामीले उत्कृष्ठ प्रदर्शन गरेका छन् ।

मिलान एकेडेमीबाट खेलिरहेको कामीले पहिलो खेलमा सम्झनलायकको प्रदर्शन गर्न नसकेपनि दोस्रो खेलमा भने उत्कृष्ट पुनरागमन गरेका हुन् ।

व्यान्सा क्लबविरुद्धको दोस्रो खेलमा उनले तीन ओभरमा १४ रन मात्र खर्चेर महत्वपूर्ण तीन विकेट लिएका थिए । उनकै सानदार बलिङको मद्दतमा व्यान्सा १ सय ३६ रनमा अलआउट हुन पुगेको थियो ।

पहिलो खेलमा उनले तीन ओभरमा ४४ रन खर्चिएका थिए ।
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्