ADD FOR WEBSIDE ADD FOR WEBSIDE

जिम्बावेबीरुद्धको टि–२० सिरिज भारतलाई

घरेलु टोली १० विकेटले पराजित
शनिबार, असार २९, २०८१

एजेन्सी : जिम्बावेबीरुद्धको टि–२० सिरिज भारतले जितेको छ ।

जिम्बावेको हरारे स्पोर्टस क्लबमा आज भएको चौथो खेलमा घरेलुटोलीमाथि १० विकेटकाो जित निकाल्दै पाहुना टोली भारतले एक खेल अगावै पाँच खेलको सिररिज ३–१ ले जितेको हो ।

जितकालागि जिम्बावेले दिएको १५३ रनको लक्ष्य भारतले १५.२ ओभरमा विना विकेटको क्षतिमा भेटायो । भारतको जितमा यशस्वी जैशवाल र कप्तान शुभमन गिलले बिस्फोटक ब्याटिङ गर्दै जित दिलाएका हुन् । ५३ बलको सामना गरेका जैशवालले १३ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ९३ रनको योगदान गरे । कप्तान गिलले ५८ रन जोडे । ३९ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस अघि टस हारेर पहिले ब्याटिङमा तानिएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । उसकालागि कप्तान सिकन्दर राजाले सर्वाधिक ४६ रनको योगदान गरे ।

तडिवानासे मरुमणिले ३२ तथा वेस्ली मधेभरेले २५ रन जोडेका थिए । पहिलो खेलमा जिम्बावेले १३ रनको जित निकालेको भएपनि त्यसयताका तीन खेलमा भारतले लगातार जित निकालेको हो । 
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्