ADD FOR WEBSIDE ADD FOR WEBSIDE

धादिङबेसीमा कबड्डी सुपर लिग सुरु

शनिबार, असार २९, २०८१

धादिङ :  सदरमुकाम धादिङबेसीमा कबड्डी सुपर लिग सुरु भएको छ ।
धादिङ टाईटन्सको आयोजनामा आज देखी सुरु भएको जिल्ला स्तरीय पुरुष कबड्डी प्रतियोगिता टाईटन्स कबड्डी कप २०८१ (सुपर लिग)मा जिल्लाका ६ टिम सहभागी छन् ।

प्रतियोगितामा धादिङ टाईटन्स क्लब ए र बी, विल्केश्वर युवा क्लब "ए" र "बी" , थाक्रे कबड्डी क्लब र सुनौलो भैरवी कबड्डी क्लब सहभागी छन् ।

प्रतियोगिताको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले उद्घाटन गरे  ।

कबड्डी खेलबाट धादिङ जिल्लालाई अन्तराष्ट्रिय जगतमा पु¥याउने उद्धेश्यले क्लवको स्थापना दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको टाइटन्स क्लवका अध्यक्ष काजी श्रेष्ठले बताए  ।

कार्यक्रम उद्घाटन समारोहमा जिल्लास्थित विभिन्न खेलकुल विधाका प्रमुखहरु र सरोकारवालाहरु उपस्थित थिए ।

प्रतियोगीतामा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार पुरस्कार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडी‚ उत्कृष्ट रेडर‚ उत्कृष्ट डिफेन्डर‚ उत्कृष्ट अलराउन्डर र उदयमान खेलाडीहरूलाई पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

धादिङबेशी स्थित कर्भड हलमा जारी प्रतियोगिता ३१ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २१:००
प्रतिक्रिया दिनुहोस्