ADD FOR WEBSIDE ADD FOR WEBSIDE
युरोकप :

 युरोकपको फाईनल भिडन्त आज

आइतबार, असार ३०, २०८१

एजेन्सी :  युरोकप फुटबल २०२४ को उपाधि भिडन्त आईतवार आज हुँदैछ ।

उपाधिकालागि आज स्पेन र इङल्याण्ड आमने सामने हुन लागेका हुन् । फाइनल खेल नेपाली समय अनुसार आज राति १२ ४५ बजेदेखि शुरु हुने छ । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङल्याण्डलाई २–१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।

तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ ।

२०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुदै उपविजेता बनेको थियो ।स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इङल्याण्डले १४ खेल जितेको छ । 
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्