ADD FOR WEBSIDE ADD FOR WEBSIDE

जिम्बावेविरुद्धको अन्तिम टी–२० सिरिजमा भारत विजयी

आइतबार, असार ३०, २०८१

एजेन्सी : जिम्बावेविरुद्धको पाँचौ तथा अन्तिम  टी–२० सिरिजमा भारत विजयी भएको छ ।

आईतवार साँझ भएको अन्तिम खेलमा भारत ४२ रनले विजयी भएको हो । जितकालागि भारतले दिएको १६८ रनको लक्ष्य पछ्याएको घरेलुटोली १८.३ सवै विकेट गुमाउँदै १२५ रनमा समेटियो । उसकालागि डायन मायर्सले सर्वाधिक ३४ तथा फराज अकरम र तडिवानासे मरुमणिले समान २७ २७ रन बनाए ।

त्यसअघि जिम्बावेको हरारे स्पोट्र्स क्लबमा टस जितेर जिम्बाब्वेले पहिले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ थालेको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । भारतका लागि सञ्जु साम्सनले सर्वाधिक ५८ रनको योगदान गरे । शिवम् दुवेले २६ तथा रियान पारागले २२ रन जोडे । 
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्