ADD FOR WEBSIDE ADD FOR WEBSIDE

रोहित र दीपेन्द्रले क्यारेवियन टी–१० लिग खेल्ने

आइतबार, असार ३०, २०८१

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अन्तरराष्ट्रिय लिग खेल्ने भएका छन् ।

उनीहरु दुवैले वेस्ट इन्डिजमा हुने म्याक्स ६० क्यारेवियन टी–१० लिग खेल्ने भएका अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार भएको ड्राफ्टबाट रोहित मियामी लायन्स तथा दीपेन्द्र ग्रान्ड क्यामन स्टिंर्गेसमा अनुबन्धन भएका हुन् ।

पाँच टोली सहभागी लिगको पहिलो संस्करण आगामी अगस्ट १८ बाट सुरु हुने भएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्