ADD FOR WEBSIDE ADD FOR WEBSIDE

स्पेनलाई युरोकपको उपाधि 

इंग्ल्याण्ड २–१ ले पराजित
सोमबार, असार ३१, २०८१

एजेन्सी :युरोकप फुटबल २०२४ को उपाधि स्पेनले हात पारेको छ ।

जर्मनीको बर्लिनमा सोमवार भएको फाइनलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै स्पेनले चौथो पटक युराकपको उपाधि उचालेको हो । स्पेनको जितमा विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले सान्त्वना गोल गरे ।

पहिलो हाफ दुबै टोलीले गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा स्पेनले गोलको खडेरी तोडेको थियो । खेलको ४७ औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए ।

७३ औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल गरे । निकै रोमाञ्चक फाईनल भिडन्तको ८६औं मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २–१ को जित दिलाएका हुन् ।

स्पेनले यसअघि सन् १९६४,सन् २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो 
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०६:५३
प्रतिक्रिया दिनुहोस्