ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि

सोमबार, असार ३१, २०८१

एजेन्सी : अर्जेन्टिनाले  १६ औँ पटक कोपा अमेरिका फुटबलको उपाधि चुमेको छ ।

फ्लोरिडा स्थित हार्ड रक स्टेडियममा सोमवार भएकमो फाईनलमा कोलम्बियालाई १–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि चुमेको हो । अर्जेन्टिनाको जितमा खेलको लो सेल्सोको सहयोगमा लाउटारो मार्टिनेजले जियोभानीले गोल गरेका हुन् ।

निर्धारित ९० मिनेट र थपिएको ४ मिनेटको समयमा पनि दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अर्जेन्टिना सबैभन्दा बढी कोपा अमेरिका जित्ने टोली बनेको छ । अर्जेन्टिनाले १६ औँ तथा उरुग्वेले १५ औँ पटक उपाधि उचालेको छ । 



 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्