ADD FOR WEBSIDE ADD FOR WEBSIDE

काभा महिला भलिबल टोलीको बिदाइ

सोमबार, असार ३१, २०८१

काठमाडौँ : माल्दिभ्समा हुने २० बर्ष मुनिको काभा महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने युवा टोलीको बिदाइ गरिएको छ ।

नेपाल भलिबल संघले आज एक कार्यक्रम गरी खेलाडीको बिदाइ गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, नेकपा समाजवादीकी नेतृ राम कुमारी झाक्री, संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरेका हुन् । च्याम्पियनसिप साउन ३ देखि ८ गतेसम्म माल्दिभ्सको राजधानी मालेमा हुनेछ ।

च्याम्पियनसिपमा नेपाल, आयोजक माल्दिभ्स, किर्गिस्तान र श्रीलंका गरी ४ राष्ट्रको सहभागीता रहने छ । नेपालले साउन ३ गते श्रीलंकासँग खेल्दै २० बर्ष मुनिको काभा महिला भलिबल च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्