ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले श्रीलंकालाई २ रनले हरायो 

मंगलबार, साउन १, २०८१

काठमाडौँ  : एसिया कप अघिको अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित निकालेको छ ।

यसअघिका दुई खेलमा लगातार हार ब्यहारेको नेपालले श्रीलंकाको डिभलपमेन्ट ११ विरुद्धको तेस्रो तथा अन्ति टि–२० सिरिजमा २ रनको झिनो जित निकालेको हो । जितकालागि नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारत ओभरमा ११० रन मात्र बनाउन सक्यो ।

नेपालको जितमा कप्तान रुबिना क्षत्रीले सर्वाधिक ३७ तथा बिन्दु रावलले २० रनको योगदान गरिन् । त्यसअघि पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११२ रन बनाएको थियो ।

तीन खेलको सिरिजमा  श्रीलंकाले २–१ को जित निकालेको छ ।

पहिलो खेलमा श्रीलंकासंग नेपाल ३२ रनले पराजित हुँदा दोस्रो खेलमा ४ विकेटको हार ब्यहोरेको थियो। 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्