ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एमबाप्पे रियल म्याड्रिडबाट सार्बजनिक

मंगलबार, साउन १, २०८१

एजेन्सी : फ्रान्सेली राष्ट्रिय फुटबल टिमका कप्तान किलियन एमबाप्पेले  पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लब छाडेका छन् ।

सन् २०२३-२४ क्लब सिजनको अन्त्यपछि फ्री ट्रान्सफरमा एमबाप्पे पेरिस सेन्ट जर्मेनबाट रियल म्याड्रिड पुगेका हुन् । मंगलवार सान्टियागो बर्नाबाउमा रियल म्याड्रिडका खेलाडीको रुपमा उनी सार्वजनिक भएका छन् ।

२५ वर्षीय एमबाप्पलाई स्वागत गर्न म्याड्रिडको रंगशालामा ८० हजारभन्दा बढी समर्थकहरु उपस्थित भएका थिए । उनले रियल म्याड्रिड खेलाडीको रूपमा ९ नम्बरको जर्सी लगाउनेछन् ।  

गत महिनामै रियल म्याड्रिडमा अनुबन्ध भएपनि एमबाप्पे आज मात्रै सार्बजनिक भएका हुन् । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्