ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालसहित ६ देशलाई आईसीसी अवार्ड

बुधबार, साउन २, २०८१

काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल सहित विभिन्न ६ ओटा देशहरुलाई आईसीसी विकास पुरस्कारबाट सम्मान गरेको छ ।

विगत एक वर्षमा उत्कृष्ट कार्यसम्पादन सहित क्रिकेटमा महत्वपूर्ण भुमिका खेलेको आधारमा आईसीसीले ६ उदीयमान देशहरुलाई यस अवार्डबाट सम्मानित गरेको हो । अवार्ड पाउनेमा नेपालसहित मेक्सिको, ओमान,स्कटल्याण्ड, युएई र नेदरल्यान्डस रहेका छन्।

सामाजिक सञ्जालमा नेपाली क्रिकेट प्रसशंकहरुले गरेको माया र समर्थनका आधारमा नेपाल क्रिकेट संघले क्यानले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड जितेको हो । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा दर्शकहरु रुखमा चढेर क्रिकेट हेरिरहेका तस्वीरहरु  सामाजाकि सञ्जालमा भाईरल समेत बनेको थियो ।

यस सूचीमा मेक्सिको पनि परेको छ । फुटबल क्षेत्रमा निकै प्रख्यात देखिएको मेक्सिकोले अहिले क्रिकेटमा पनि आफ्नो छाप छाडेपछि मेक्सिको क्रिकेट संघलाई अग्रगामी परियोजनाहरूका लागि ’आईसीसी विकास पहल’ पुरस्कारबाट सम्मानित गरिएको हो । मेक्सिकोले भारतमा हुने ‘स्ट्रिट चाइल्ड क्रिकेट वल्र्ड कप’मा सहभागी हुन टोली पठाएको थियो । मेक्सिकोमा कैदीहरूको पुनर्स्थापना र उनीहरूको जीवन परिवर्तन गर्न क्रिकेट प्रतियोगिताहरु आयोजना गरेका थिए ।

आईसीसीका महाप्रबन्धक विलियम ग्लेनराइटले आईसीसी विकास पुरस्कारले उदीयमान देशहरूमा क्रिकेटको विकास गर्न थप हौसला मिल्ने बताए । यस्तै ओमान क्रिकेटले फिमेल क्रिकेट इनिसिएटिभ अफ द इयर’ अवार्ड पाएको छ ।

नेदरल्याण्ड्सलाई भारतमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकपमा छनोट भएको र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेकोमा ’आईसीसी एसोसिएट सदस्य मेन्स पर्फमेन्स अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको हो । संयुक्त अरब इमिरेट्स युएईलाई मलेसियामा भएको आईसीसी महिला टी–२० विश्वकप २०२४ को एसिया छनोट प्रतियोगितामा गरेको प्रभावशाली प्रदर्शनका आधारमा ’एसोसिएट सदस्य महिला प्रदर्शन अफ द इयर’ अवार्ड दिईएको हो ।

 यस्तै क्रिकेट स्कटल्याण्डलाई ‘क्रिकेट फर गुड सोसल इम्प्याक्ट इनिसिएटिभ अफ द इयर’ को अवाडस्बाट सम्मानित गरिएको हो ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्