ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एसियाकपमा आज नेपालले युएईसंग खेल्ने

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एसिया कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा शुक्रवार (आज )युएईको सामना गर्ने भएको छ ।

करिब ८ वर्षपछि महिला एसिया कपमा सहभागी हुन लागेको नेपालले श्रीलंकास्थित रणगिरी दामबुल्ला अन्तराष्ट्रिय क्रिकेट रंगशालामा शुक्रवार (आज) दिउँसो २ः१५ बजे युएईको सामना गर्ने भएको हो । नेपाली महिला क्रिकेटका लागि सर्वाधिक ठूलो प्लेटफर्मका रुपमा रहेको यो प्रतियोगितामा आफूलाई अभ्यस्त बनाउन यसपटक केही साता अघिनै टोली श्रीलंका पुगिसकेको छ ।

श्रीलंकामा स्थानीय टोलीसँग अपेक्षीत प्रदर्शन गर्न नसकेको नेपाल प्रतियोगितामा विजयी सुरुवातको लक्ष्यमा रहेको छ । नेपालले श्रीलंकाको महिला विकास टोलीविरुद्ध तीन अभ्यास खेल खेल्दा २ खेलमा पराजित भएको थियो । यसअघि दुइ संस्करणमा सहभागी भएपनि नेपाली महिला टोलीले जित निकाल्न भने सकेको छैन ।

सन् २०१२ मा चीनमा भएको प्रतियोगितामा भाग लिँदै नेपालले एसिया कपमा ‘डेब्यु’ गरेको थियो भने २०१६ को संस्करणमा पनि नेपालले सहभागीता जनाएको छ । प्रतियोगिता अन्तर्गत शुक्रवारनै नेपालको समूहमा रहेको भारत र पाकिस्तानले साँझ सवा ७ बजे प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले त्यसपछि समूहचरणमै पाकिस्तानसँग २१ जुलाईमा खेल्दा समूहको अन्तिम खेल भारतसँग २३ जुलाईमा खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल २६ जुलाइमा हुँदा फाइनल जुलाई २८ मा हुनेछ । समुह "ए" मा रहेको नेपाल समूह चरणमा भिड्दा कम्तीमा युएई र पाकिस्तानलाइ हराउँदै अघिल्लो चरण पुग्ने लक्ष्यमा छ ।

त्यस्तै, अर्को समूहमा आयोजक श्रीलंकासँगै बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्