ADD FOR WEBSIDE ADD FOR WEBSIDE

काभा भलिबल : श्रीलंकासंग हार्यो नेपाल ,आज किर्गिस्तानसंग खेल्ने

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ  : २० वर्ष मुनिको काभा महिला भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ ।

विहिवार साँझ माल्दिभ्समा भएको खेलमा नेपाल श्रीलंकासंग ३–१ को सेटमा पराजित भएको हो । नेपालले आफ्नो दोस्रो खेलमा शुक्रवार (आज) किर्गिस्तानसंग खेल्ने छ । जुलाई २३ सम्म चल्ने प्रतियोगितामा नेपालले पहिलो पटक उमेर समूहमा प्रतिस्पर्धा गर्न लागेको हो ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन –काभाको कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा नेपाल, श्रीलंका, आयोजक माल्दिभ्स, कीर्गिस्तान गरी चार टोली सहभागी छन् । नेपालले तेस्रो खेल माल्दिभ्ससँग खेल्ने तालिका छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्