ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–ट्वान्टी सिरिज:

नेपाल र वेष्टइण्डिज ‘ए’ को अन्तिम खेल आज

शनिबार, वैशाख २२, २०८१

काठमाण्डौँ :नेपाल र वेष्टइण्डिज ‘ए’ बीचको टी–ट्वान्टी सिरिज अन्तर्गत पाँचौ तथा अन्तिम खेल शनिबार (आज) हुँदैछ । वेष्टइण्डिज ‘ए’ ले एक खेल अगाबै सिरिज जितिसकेकोले नेपालका लागि शनिबारको खेल प्रतिष्ठाकालागि मात्रै हुनेछ ।

पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेपनि त्यसपछिका कुनैपनि  खेलमा जित निकाल्न सकेन । बिहीबार भएको चौथो खेलमा पनि नेपाल पराजित भएपछि वेष्टइण्डिज ‘ए’ ले सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो ।

खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा दिउँसो १२ः३० बजे सुरु हुनेछ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–ट्वेन्टी विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज ए बीच मैत्रीपूर्ण खेल भइरहेको हो । विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

विश्वकपमा नेपाल रहेको समुह डी मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । वेष्ट इण्डिज रहेको समूह ‘सी’ मा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगाण्डा रहेका छन् । नेपालले जुन ४ मा नेदरल्याण्डसंग खेल्दै बिश्वकपको सुरुवात गर्नेछ । जुन १२ मा श्रीलंका ,जुन १५ मा दक्षिण अफ्रिका तथा जुन १७ मा बङ्गलादेशसंग खेल्ने छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्