ADD FOR WEBSIDE ADD FOR WEBSIDE
वुमन्स एसिया कप

टस हारेको युएई नेपालविरुद्ध ब्याटिङ गर्दै

शुक्रबार, साउन ४, २०८१

एसीसी  : वुमन्स एसिया कप क्रिकेटमा अहिले नेपाल र युएईबीच प्रतिस्पर्धा भईरहेको छ ।

श्रीलंकाको रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि युएईले सुरुवाती ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म ५ ओभरको समाप्तिमा युएईले २ विकेटको क्षतिमा ३४ रन बनाएर खेलिरहेको छ ।

युएईका कप्तान ईशा रोहित ओजा १० रन बनाएर रन आउट भएकी छन् । यस्तै रिनिता राजित ६ रनमा पभेलियन फर्किएकी  छन् ।

करिब ८ वर्षपछि महिला एसिया कपमा सहभागी भएको नेपालले यसअघि भएको अभ्यास खेलमा भने सोचेजस्तो प्रदर्शन गर्न सकेको थिएन् । यसअघि दुइ संस्करणमा सहभागी भएपनि नेपाली महिला टोलीले जित निकाल्न भने सकेको छैन । प्रतियोगिता अन्तर्गत आजै भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्