ADD FOR WEBSIDE ADD FOR WEBSIDE

हार्दिक पाण्ड्याले गरे श्रीमतीसंग सम्बन्ध विच्छेद

शुक्रबार, साउन ४, २०८१

एजेन्सी : भारतीय क्रिकेटर हार्दिक पाण्ड्याले आफ्नी श्रीमती नताशा स्टान्कोभिकसँग सम्बन्ध विच्छेद गरेका छन् ।

हार्दिकले सामाजिक सञ्जाल मार्फत श्रीमतीसँग अलग भएको घोषणा गरेका हुन् । चार वर्ष सँगै बसेपछि म र नताशाले आपसी सहमतिमा अलग हुने निर्णय गरेको हौँ उनले भनेका छन् । हार्दिक र अभिनेत्री मोडल नताशा लामो समयदेखि संगै देखिएका थिएनन् ।

यसअघि हरेक वर्ष हार्दिक र उनको टोलीलाई समथैन जनाउन मैदान पुग्ने गरेकी नताशा आईपीएल २०२४ को कुनै पनि खेलमा स्टेडियम पुगेकी थिइनन् । त्यस क्रममा हार्दिकले नताशालाई जन्मदिनको शुभकामना समेत नदिएपछि उनीहरुको सम्बनधमा थप दरार आएको स्पष्ट थियो ।

हार्दिकसंग अहिले १७० करोड सम्पति रहको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ । उक्त सम्पतिको  ७० प्रतिशत नताशालाई दिनु पर्ने समाचारहरु बाहिरिएपनि यस सम्बन्धमा अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी आएको छैन ।

सन् २०१८ मा हार्दिकले एक अन्तर्वार्तामा भनेका थिए उनले आफ्नो सम्पूर्ण सम्पत्ति आफ्नी आमाको नाममा राखेका छन् ।

किनकि उनी भविष्यमा आफ्नो आम्दानीको ५० प्रतिशत कसैलाई दिन चाहँदैनन् । 

यो पनि :हार्दिक पाण्ड्याको बिचल्ली ! न श्रीमती न सम्पति ?

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्