ADD FOR WEBSIDE ADD FOR WEBSIDE
वुमन्स एसिया कप :

युएईले नेपाललाई दियो ११६ रनको चुनौति 

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ :  एसीसी वुमन्स एसिया कप क्रिकेटमा युएईले नेपालसामु जितकालागि ११६ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर सुरुवाती ब्याटिङमा तानिएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनायो ।

युएईकालागि खुशी शर्माले सर्वाधिक ३६ रनको योगदान गरिन् । कविशा इगोडागेले २२ तथा समाइरा धरनिधर्कले १३ रनको योगदान गरिन् ।  कप्तान ईशा रोहित ओजा १०, तीर्थ सतीश र  हिना होतचन्दनीले समान ९-९  रन बनाउँदा रिनिता राजित ६ रनमा पभेलियन फर्किएकी छन् । बलिङतर्फ ईन्दु वर्माले सर्वाधिक ३  तथा सवनम राइ र कृतिका मरासीनीले समान एक/एक विकेट हात पारिन् ।

करिब ८ वर्षपछि महिला एसिया कपमा सहभागी भएको नेपालले यसअघि भएको अभ्यास खेलमा भने सोचेजस्तो प्रदर्शन गर्न सकेको थिएन् । यसअघि दुइ संस्करणमा सहभागी भएपनि नेपाली महिला टोलीले जित निकाल्न भने सकेको छैन ।

प्रतियोगिता अन्तर्गत आजै भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा नेपालसहित १० टोलीले सहभागीता जनाएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्