ADD FOR WEBSIDE ADD FOR WEBSIDE
वुमन्स एसिया कप :

नेपालको विजयी सुरुवात, युएई ६ विकेटले पराजित

शुक्रबार, साउन ४, २०८१

एजेन्सी : एसीसी वुमन्स एसिया कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।

शुक्रवार भएको उद्धघाटन खेलमा नेपालले युएईविरुद्ध ६ विकेटको जित निकालेको हो । जितकालागि युएईले दिएको  ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा मात्र ४ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा सम्झना खड्काले बिस्फोटक ब्याटिङ गरिन् । ४५ बलको सामना गरेका उनले ११ चौका प्रहार गर्दै अविजित ७२ रनको पारी खेलिन् । टि–२० अन्तर्राष्ट्रिय करियरमा उनले पहिलो अर्धसतक प्रहार गरेकी हुन् ।

crick-nepal-1721390042.jpg

रुबिना क्षेत्रीले १० रनको योगदान गरिन् । पुजा महत्तो ७ रनमा अविजित रहँदा सिता राना मगरले ७ तथा कप्तान ईन्दु वर्माले ६ रन बनाउँदा कविता कुँवरले २ रन जोडिन् ।

त्यसअघि श्रीलंकाको रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर सुरुवाती ब्याटिङमा तानिएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो । युएईकालागि खुशी शर्माले सर्वाधिक ३६ रनको योगदान गरिन् ।

कविशा इगोडागेले २२ तथा समाइरा धरनिधर्कले १३ रनको योगदान गरिन् ।  कप्तान ईशा रोहित ओजा १०, तीर्थ सतीश र  हिना होतचन्दनीले समान ९–९  रन बनाउँदा रिनिता राजित ६ रनमा पभेलियन फर्किएकी छन् । बलिङतर्फ ईन्दु वर्माले सर्वाधिक ३  तथा सवनम राइ र कृतिका मरासीनीले समान एक/एक विकेट हात पारिन् ।

 जितसंगै नेपाल २ अंक सहित समुह "ए" को शिर्ष स्थानमा उक्लिएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्