ADD FOR WEBSIDE ADD FOR WEBSIDE

मिथुन घिसिङले पाए अन्तर्राष्ट्रिय एकेएफ लाईसेन्स

शनिबार, साउन ५, २०८१

धादिङ :  मिथुन घिसिङले भुटानमा सम्पन्न एसियाली कराँते महासंघको प्रशिक्षक परीक्षा उतिर्ण गरेका छन् ।

धादिङको धुनिवेशी नगरपालिका  कराते डोजोका प्रमुख मिथुन घिसिङले अन्तर्राष्ट्रिय एकेएफ लाईसेन्स प्राप्त गरेका हुन् ।
केहि समय अगाडीमात्रै राष्ट्रिय रेफ्री लाईसेन्स प्राप्त गरेका   घिसिङले एसियाली कराँते महासंघले भुटानमा लिएको परिक्षा पास गरेर अन्तर्राष्ट्रिय रफ्रीको लाईसेन्स समेत प्राप्त गर्न सफल भएका हुन् ।

वि.स २०५४ सालबाट कराते खेल्न सुरु गरेका  घिसिङले २०६४ साल देखि ककनी डोजो नुवाकोटमा प्रशिक्षका रुपमा रहेका थिए ।

२०७४ साल देखि धुनिबेशी डोजोको प्रमुख रहेका घिसिङले आफ्नो सफलतामा दाजु हरि लामा र ठमेल डोजोका प्रमुख तथा राष्ट्रिय खेलकुद परिषद्, कराते प्रशिक्षक सन्तोष श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको बताए ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्