ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीको विदाई

शनिबार, साउन ५, २०८१

काठमाडौँ :  पेरिस ओलम्पिकमा सहभागी हुन जाने सशस्त्र प्रहरीका दुई खेलाडीलाई विदाई गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हिजो (शुक्रवार) एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले विदाई गरेका हुन् ।

यहि जुलाई २६ देखि अगष्ट ११ सम्म फ्रान्समा संचालन हुने ‘पेरिस ओलम्पिक–२०२४’ मा सहभागी हुने सशस्त्र प्रहरी बल नेपालका ब्याडमिन्ट खेलतर्फ प्रिन्स दाहाल र सुटिङ्ग खेलतर्फ सुस्मिता नेपाललाई अतिरिक्त महानिरीक्षक गौतमले खेल सफलताको शुभकामनासहित हार्दिक विदाई गरेका हुन् ।  

peris-olmpic-1721464907.jpg

ओलम्पिकमा सहभागी हुने खेलाडीहरु यही साउन ७ गते सोमबार त्यसतर्फ प्रस्थान गर्ने सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवंम् डिएसपी शैलेन्द्र थापाले स्पोर्टस् हबलाई जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्